Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

इम्बोस्ड नम्बरमा जबर्जस्ती छैन, जडान नगरे पनि ४ अर्ब तिर्नुपर्छ : देवेन्द्र दाहाल

इम्बोस्ड नम्बरमा जबर्जस्ती छैन, जडान नगरे पनि ४ अर्ब तिर्नुपर्छ : देवेन्द्र दाहाल

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारले जबर्जस्ती नगरेको प्रष्ट पारेका छन्।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका विषयमा बिहीबार जवाफ दिँदै मन्त्री दाहालले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि जडान नगर्नेलाई कारबाही नहुने बताए।

दाहालले भने- 'अहिलेसम्म भुक्तानीको अवस्था हेर्दा हामी ठिकै अवस्थामा छौं। तर अब बाँकी इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने हो भने पनि हामीले ९५ प्रतिशत रकम मूल्य तालिकामा उल्लेख गरे बमोजिम बुझाउनुपर्छ भनेर सम्झौता गरिएको रहेछ। अरु झण्डै १८ लाख इम्बोस्ड नम्बर नबनाउने भए पनि हामीले निर्माण कम्पनीलाई ३ अर्ब ९१ करोड रुपैयाँ तिर्नै पर्छ।'

उनले २५ लाख इम्बोस्ड नम्बर प्लेट छपाइका लागि सम्झौता भएको र हालसम्म ६ लाख ३५ हजार ५ सय ४५ वटा छपाई भइसकेको बताए। तर हालसम्म ८७ हजार ९ सय ७९ वटा मात्र जडान भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077