Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिए

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । अछाममा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–६, रानीबनको जङ्गलमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले भने- 'दुई किशोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्, हामी घटनास्थलमा जाँदै छौँ।'

उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहे पनि सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलतर्फ गएको जनाइएको छ ।

प्रारम्भिक रूपमा आत्महत्या हुन सक्ने आशंका गरिए पनि सबै पक्ष खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ। उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए ।

स्थानीय बासिन्दाले जङ्गलतर्फ गएका बेला एकै रुखमा दुई जना किशोरी झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077