Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गायिका गुरुङको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गायिका गुरुङको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

बिहिवार , भाद्र १९, २०८२

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्।

ओलीले आज सामाजिक सञ्जालमार्फत गायिका गुरुङप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन् नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ। गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

क्यान्सरबाट पीडित गायिका गुरुङको बुधबार ५९ वर्षको उमेरमा निधन भएको हो।

''

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077