कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो ।
युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले आउँदो असोज १२ गतेदेखि चार वटा चार्टर उडान गर्ने जनाएको छ ।
असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले जनाएको छ ।
भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ ।
यो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।