काठमाडौँ । न्याय सेवामा कार्यरत ३० जना उपसचिव र सहसचिव तहका कर्मचारीहरूको सरुवा गरिएको छ ।
न्याय सेवा आयोगको बुधबारको निर्णयअनुसार उनीहरूको सरुवा सूची सार्वजनिक गरिएको हो ।
सरुवा सूचीनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद् सचिवालयमा पठाइएको छ ।
त्यस्तै, उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। सर्वोच्च अदालतका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतमा पठाइएको छ।
यसैगरी, न्याय परिषद् सचिवालयका सहसचिव डा. अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटन सरुवा गरिएको छ भने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीलाई सर्वोच्च अदालतमा स्थानान्तरण गरिएको छ ।