काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ५१औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम माग गरेको छ।
त्रिविका अनुसार आवेदन फाराम बिहिबार असोज ३१ गतेसम्म भर्न सकिनेछ।
त्रिविले २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि ९पिएच, डी० तह पूरा गर्नेहरूले मात्र फाराम भर्न पाउने जनाएको छ।
त्रिविका अनुसार स्नातक तहको लागि तीन हजार ७ सय, स्नातकोत्तर तथा एमफिलका लागि ४ हजार २ सय र विद्यावारिधिका लागि चार हजार ७ सय शुल्क तोकिएको छ।