काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट ४ करोड २५ लाख नगद, साढे ९ केजी सुन र ३ केजी २१८ ग्राम चाँदीसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीले छापा हानेको छ ।
मंगलबार राति साढे ९ बजेतिर काठमाडौंस्थित– १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।
राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।
कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । हाल उनी फरार रहेको प्रहरीले जनाएको छ ।