Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रसिद्ध तामाङ सेलो गायिका गोलेको निधन

प्रसिद्ध तामाङ सेलो गायिका गोलेको निधन

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । प्रतिष्ठित लोक गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । क्यान्सर पीडित इन्दिराको ४८ वर्षको उमेरमा निधन भएको हो ।

बुधबार बिहान २ बजेतिर ललितपुरको हात्तिवनस्थित निवासमा इन्दिराको निधन भएको परिवारस्रोतले जानकारी दिएको छ । उनी दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको बताएको छ ।

स्वास्थ्य जटिल हुँदै गएपछि हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएर पछिल्लो दुई हप्तादेखि उनी घरमै आराम गरिरहेकी थिइन् ।

इन्दिराले विभिन्न लोक भाषा र शैलीका करिब पाँच हजार गीतमा स्वर दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077