Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गोंगबुबाट ४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइने

गोंगबुबाट ४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइने

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग पठाउन लागेको बताए ।

मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट चामलको बोरामा लुकाएर राखेको ४ करोड २५ लाख ५० हजार नगद, ९ केजी ८३७ ग्राम सुनका गहना र ३ केजी २१८ ग्राम चाँदी बरामद गरेको थियो ।

उक्त रकम, सुनचाँदीसहित पक्राउ परेका गोरखा नगरपालिका वडा नम्बर–६ घर भएर गोंगबुमा बस्दै आएका ७७ वर्षीय श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077