Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , भाद्र १८, २०८२

बझाङ । गएराति जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बझाङको सुर्मा गाउँपालिका–३ बाट सुर्मातर्फ जाने बाटोको दौलिगाडामा अवरुद्ध भएको सडक खोल्न जानेक्रममा राति ८ बजे जेसिबी पल्टिँदा कैलालीका रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको हो ।

चालक नेगीको जेसिबीले च्यापिएर मृत्यु भएको बताइएको छ । दुर्घटनामा परेका वडा नं. ३ काँटै निवासी रबी बोहराले हाम फालेर बच्न सफल भएका छन् ।

यस्तै सोही जेसीबिमा सवार वडा नं. ५ का धर्मराज जेठारा पनि सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077