Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले आज दिउँसो देशभर साधारणयता बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणयता बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077