काठमाडौँ । अमेरिकाले थप ३७ जना नेपाली नागरिकलाई निष्कासन गर्ने भएको छ ।
अमेरिकी ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निष्कासनमा परेका सबैलाई बुधबार चार्टर विमानमार्फत नेपाल पठाउन लागेको हो ।
अध्यागमन विभागका अनुसार ओम्नी एयरको ‘उडान नम्बर एन८२८एएक्स’ विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याइने सूचना प्राप्त भएको छ ।
यसअघि पनि अमेरिकाले अवैध बसोबास वा आव्रजनसम्बन्धी कानुनी कारण देखाउँदै दुई सयभन्दा बढी नेपालीलाई यसरी नै चार्टर विमानमार्फत स्वदेश फिर्ता पठाइसकेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता नेपालीहरूको निष्कासन प्रक्रिया तीव्र रूपमा बढेको देखिएको छ ।