Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रुपन्देही र मनाङको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस

रुपन्देही र मनाङको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । रुपन्देही–३ र मनाङको प्रदेशसभा–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस गरिएको छ

न्याय परिषद्को मङ्गलबारको  बैठकले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई मुख्य निर्वाचन अधिकृत बनाउने सिफारिस गरेको हो । 

यसैगरी मनाङको प्रदेशसभा क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

अब निर्वाचन आयोगले उनीहरूलाई नियुक्त गरेपछि आधिकारिक रूपमा उनीहरूले जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077