काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले गोंगबुको टाउन प्लानिङस्थित एक घरबाट छापा हानेर गरगहनासहित चार करोड रुपैयाँ बरामद गरेको छ ।
सोहि क्रममा ठूलो रकमसहित पक्राउ परेका ७६ वर्षीय विनोदकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्। श्रेष्ठ स्वयं घरधनी हुन् ।
आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार छापा मारिएको घरबाट तीन करोड ७६ लाख नगद रुपैयाँ र झन्डै दुई किलो सुन पनि बरामद गरिएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठले मिटरब्याजमा पैसा लगाउने र सुन धितो राख्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।