काठमाडौँ । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिसअनुसार, जिल्ला सरकारी वकिल गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालत, श्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालतमा न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी कञ्चनपुर जिल्ला अदालत, सर्वोच्च अदालतका उपरजिष्ट्रार अनुपमा पन्त धनुषा जिल्ला अदालत, र कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेस्रा रौतहट जिल्ला अदालतमा नियुक्तिका लागि सिफारिस भएका छन् ।