Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सिरहामा आमा र छोरा मृत फेला, अर्को बच्चाको अवस्था गम्भीर

सिरहामा आमा र छोरा मृत फेला, अर्को बच्चाको अवस्था गम्भीर

मंगलवार , भाद्र १७, २०८२

सिरहा । सिरहामा आमा र छोरा मृत फेला परेको छन् भने अर्को एक बच्चाको अवस्था गम्भीर छ।

लहान नगरपालिका १२ घर भई सोही नगरपालिका-१ मा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार बिहान १० बजेतिर रञ्जिता कोठाभित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र जेठा छोरा एरोन खाटमाथि मृत फेला परेका थिए।

यस्तै नौ महिनाका कान्छो छोरा भने सोही कोठामा भेटिएको हो। बच्चालाई उद्धार गरेर प्रादेशिक अस्पताला लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै बच्चाहरूलाई विषादी सेवन गरेको हुनसक्ने चिकित्सकहरूले बताएका छन।

मृतक आमाछोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमर्टमका लागि पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077