Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चार दिनपछि कर्णाली राजमार्ग सञ्चालन, स्याउ बोकेका ट्रक र यात्रुहरूलाई राहत

चार दिनपछि कर्णाली राजमार्ग सञ्चालन, स्याउ बोकेका ट्रक र यात्रुहरूलाई राहत

मंगलवार , भाद्र १७, २०८२

कालीकोट । कालीकोटको शुभकालिका–१, गगने खोलामा गएको पहिरोका कारण चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग मंगलबार दिउँसो एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार नेपाली सेनाले सोमबार ब्लास्टिङ गरेर पहिरोसँगै खसेका ठूला ढुङ्गा हटाएपछि मंगलबार सडक सञ्चालनमा आएको हो ।

यद्यपि वर्षा निरन्तर भइरहेकोले पुनः अवरुद्ध हुने सम्भावना कायमै रहेको प्रहरीले जनाएको छ ।

राजमार्ग खुलेसँगै चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेततर्फ गएका छन् भने अलपत्र यात्रुहरूको यात्रा सहज बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077