Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गोरखा हल्लिएको १० घण्टापछि दोलखामा पनि भूकम्पको धक्का

गोरखा हल्लिएको १० घण्टापछि दोलखामा पनि भूकम्पको धक्का

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि आज बिहान मात्रै गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077