काठमाडौं । दोलखामा भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
आज दिउँसो ३ :१३ मिनेटमा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।
त्यस्तै, आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट-३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।