Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता

एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले आज महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो ।

महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएर सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए।

बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए।

अब महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ।

यस्तै महरले पनि ती महिलाविरूद्ध सोही कसुरमा जाहेरी दिएका थिए। भदौ ११ गते नै ती महिलाको पनि बयान लिएर हाजिर जमानीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077