Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । सुन दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनेको थियो । आइतबार सुन दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077