Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बिहानै फेवातालमा हाम फालेकी हीरालाई सुरक्षाकर्मीले बचाए

बिहानै फेवातालमा हाम फालेकी हीरालाई सुरक्षाकर्मीले बचाए

मंगलवार , भाद्र १७, २०८२

पोखरा । पोखरास्थित फेवातालमा आज बिहान हाम फालेकी एक महिलालाई संयुक्त सुरक्षाकर्मी टोलीले सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार बिहान करिब ५ बजे मकवानपुर घर भई हाल पोखरा–६ लेकसाइड बस्दै आएकी करिब ४५ वर्षीया हीरा नेगी फेवातालमा हाम फालेकी थिइन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन टोली तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको हो ।

उद्धारपछि नेगीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (रामघाट) पुर्याइएको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077