गोरखा । गोरखा बस दुर्घटनाका गम्भीर घाइते चार जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
गोरखा प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंस्थित बिएण्ड बि अस्पतालमा रिफर गरिएको हो ।
काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस मंगलबार बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको हुँदा उनीहरूको आरुघाटस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कतिपयको टाउँकोमा चोट लागेको, हात भाँचिएको तथा गाडीका सिसाहरू फुटेर चोट लागेको छ ।
बा ०१–००६ख ४१३१ नम्बरको रात्रिबस ब्रेक फेलका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।