Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कैलाली उद्योग वाणिज्य संघ चुनाव : ओझाले घोषणा गरे प्यानल, यस्तो बन्यो टीम [नामावलीसहित]

कैलाली उद्योग वाणिज्य संघ चुनाव : ओझाले घोषणा गरे प्यानल, यस्तो बन्यो टीम [नामावलीसहित]

सोमवार , भाद्र १६, २०८२

कैलाली । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले सोमबार अध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्यानलसहित घोषणा गरेका छन् ।

संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका ओझाले व्यवसायीको हकहितलाई प्राथमिकतामा राख्दै १५ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

ओझाको प्यानलमा वरिष्ठ उपाध्यक्षका लागि ओमबहादुर बिष्ट, उपाध्यक्ष उद्योगतर्फ बासुदेव भट्ट, उपाध्यक्ष वाणिज्यतर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगततर्फ भीमराज ओझा ‘अब्बु’ र एसोसिएट उपाध्यक्षका लागि मनोज अग्रवाल उम्मेदवार छन् ।

महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत ओझा प्यानलका उम्मेदवार बनेका छन् ।

यस्तै, कार्यसमिति सदस्यका उम्मेदवारमा बमबहादुर कुँवर, ध्रुवराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई, अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा रहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा ओझाले संघलाई व्यवसायीहरूको हितरक्षा, आर्थिक पारदर्शिता, लगानी प्रवर्द्धन, उद्यमशीलता प्रोत्साहन र बजार विस्तारतर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरे ।

यस अघि सोमबार पत्रकार सम्मेलनमार्फत रुपेश स्वाँरले आफ्नो प्यानल घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077