Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दार्चुलामा अटोरिक्सा खोलामा खस्यो, तीन जना बेपत्ता

दार्चुलामा अटोरिक्सा खोलामा खस्यो, तीन जना बेपत्ता

सोमवार , भाद्र १६, २०८२

दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिका ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा आज दिउँसो अटो खोलामा खसेको हो ।

होपरी गाडबाट मसीने बगरतर्फ गइरहेको म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खोलामा खसेको हो।

घटनापछि अटोचालक मनिराम भुल र उनका १७ वर्षीय छोरा आयुष घाइते भएका छन्। आयुषलाई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चालक गम्भीर घाइते भएकाले अटोमा महिलाहरुसँगै अन्य बालबालिका पनि सवार हुनसक्ने आशंका गरिएको छ। हाल बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार बेपत्ताहरूको खोजी कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077