Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कञ्चनपुरमा बाढीले ४५ घर विस्थापित, महाकाली नदीको जलस्तर बढ्यो

कञ्चनपुरमा बाढीले ४५ घर विस्थापित, महाकाली नदीको जलस्तर बढ्यो

सोमवार , भाद्र १६, २०८२

कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर विस्थापित भएका छन् ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन्। उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन्।

उनले भने- 'दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्। उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ। डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ।'

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए।

यस्तै महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । डीएसपी बोहराका अनुसार नदीमा पानीको बहाब बढेर एक लाख ६२ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाब एक लाख पुग्नै बित्तिकै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077