काठमाडौं । यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले नोटको प्रयोग अवधि बढाउन तथा छपाइ लागत बचत गर्न नयाँ नोट बजारमा नपठाउने नीति लिएको हो ।
राष्ट्र बैंकका अनुसार, दसैँमा वितरण गरिएका नयाँ नोट एकैपटक प्रयोग भई छिट्टै राष्ट्र बैंकमै फिर्ता आउने भएकाले छपाइ खर्च बढी हुने गरेको छ । त्यसैले यस वर्ष सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइने छ ।
अघिल्लो वर्षमा पनि बैंकले नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने व्यवस्था गरेको थियो ।