Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से ५३.०१ अंकले बढ्यो, साढे तीन अर्बले बढ्यो कारोबार

नेप्से ५३.०१ अंकले बढ्यो, साढे तीन अर्बले बढ्यो कारोबार

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । नेप्से परिसूचक ५३.०१ अंकले बढेको छ । यस दिन नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम साढे तीन अर्बले बढेको छ । सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । मंगलबार चार अर्ब १८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो । मंगलबारको तुलनामा सेयर कारोबार रकम तीन अर्ब ४९ करोड ८० लाख रुपैयाँले बढेको हो ।

यस दिन एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज २३२ कम्पनीको सेयरमूल्य बढेको छ । १९ कम्पनीको सेयरमूल्य घटेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077