Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतबाट एक महिनामा एक अर्ब ५० करोड बढीको पेट्रोलियम पदार्थ आयात

भारतबाट एक महिनामा एक अर्ब ५० करोड बढीको पेट्रोलियम पदार्थ आयात

बुधवार , भाद्र ११, २०८२

झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा ५ करोड २२ लाख अर्थात् ३.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ।

आयातमा सामान्य वृद्धिसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११.८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजार रुपैयाँले बढेको उनले बताए।

पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। उक्त अवधिमा ७७ करोड ३ लाख रुपैयाँको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाख रुपैयाँको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी, २० करोड ३ लाख रुपैयाँको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, ७ करोड ३ लाख रुपैयाँको ७९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख रुपैयाँ मूल्यको १२८ किलोलिटर मट्टितेल आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077