Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से २१.३० अंकले बढ्यो, कारोबार घट्यो

नेप्से २१.३० अंकले बढ्यो, कारोबार घट्यो

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेप्से परिसूचक आज २१.३० अंकले बढेको छ । परिसूचक ०.७७ प्रतिशतले बढेर २७६१.२६ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम भने घटेको छ । पाँच अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार अर्ब ५४ करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो ।

१७९ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको ७६ करोड ९६ लाख ७७ हजार रुपैयाँको सेयर खरिद-बिक्री भएको हो ।

हिमालनय रिइन्स्योरेन्सको ३२ करोड ३९ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भयो । हिमालयन डिस्टिलरीको २० करोड ६६ लाख रुपैयाँको सेयर खरिद-बिक्री भयो । आइतबार हिमालयन डिस्टिलरीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०५ प्रतिशतले घटेको हो । म्युचुअल फन्ड समूहको परिसूचक ०.३४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077