Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१७औँ नाडा अटो शो : डेढ लाख बढीले गरे अवलोकन

१७औँ नाडा अटो शो : डेढ लाख बढीले गरे अवलोकन

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । सात दिनसम्म चलेको १७औँ नाडा अटो शो आज समापन भएको छ । यही भदौ २ देखि सुरु भएको नाडा अटो शो आज सकिएको हो।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको १७औँ नाडा अटो शो आज स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समापन गरेका हुन्।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार १७औँ नाडा शोमा १ लाख ६० हजार दर्शकले अवलोकन गरेका छन्।

[insert page='362843' display='yopanipadhnuhos.php']

सवारीसाधन प्रदर्शनी मेलामा १३५ वटा स्टल थिए भने ३० वटा नयाँ गाडी सार्वजनिक गरिएको नाडा अध्यक्ष करण चौधरीले शो समापन समारोहमा जानकारी दिए।

यसपटक डिपलको उड्ने कारदेखि रोबोटसम्म शोको आकर्षण बनेका थिए।

सात दिनसम्म चलेको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको थियो ।

प्रायः ब्रान्डमा केही न केही छुट अफर राखिएको अटो शोमा मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) थियो ।

शनिबार मात्रै ४५ हजारभन्दा बढी अवलोकनकर्ता अटो एक्स्पोमा सहभागी भएको नाडाले जनाएको छ ।

ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनका स्टल, बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि पाइने भएकाले धेरैको रोजाइमा नाडा अटो शो परेको नाडाको दावी छ ।

विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको नाडाको भनाइ छ ।

१७औं संस्करणको अटो शोमा स्टल धेरै रहेको रोबोट, उड्ने ट्याक्सीलगायत नयाँ प्रविधिले गर्दा अटो शो हेर्न अवलोकनकर्ता बढेका हुन् । गत वर्षको अटो शो ८२ हजारले अवलोकन गरेका थिए । यस वर्ष १ लाख जनाले अटो शो अवलोकन गर्ने अपेक्षा गरे पनि साढे १ लाख भन्दा बढीले अवलोकन गरेका हुन् ।

छुट अफरका कारण दुई र चारपांग्रे सवारीसाधन बुकिङसमेत बढिरहेको नाडाले जनाएको छ । नाडामा चार पाङ्ग्रेको कूल १९ वटा स्टल रहेको ७ वटा मोरङ अटो वर्क्स (एमएडब्लू) मात्रै थियो । एमएडब्लू नाडा अटो शोको मूख्य प्रायोजक पनि हो।
यो वर्ष एमएडब्यूले भित्र्याएका सवारीसाधनको बुकिङ पनि उल्लेख्य भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077