Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

 कुल विदेशी विनिमय सञ्चिति २७ खर्ब नजिक  

 कुल विदेशी विनिमय सञ्चिति २७ खर्ब नजिक  

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान अवस्था सम्बन्धी विवरणमा २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको हो ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा ०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था  राष्ट्र बैंकबाहेक सँग रहेको विदेशी विनिमय सञ्चिति भने ०८१ असार मसान्तमा रु. १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड कायम भएको छ। ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।  २०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

०८२ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.२९ खर्ब २९ अर्ब ६९ करोड तथा दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रहेको छ।

यस्तै खुद वैदेशिक सम्पति र दायित्वको स्थिति रु. ७ खर्ब ८३ अर्ब २६ करोडले बचतमा रहेको छ।

०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोडले वचतमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077