काठमाडौं । आज नेप्से परिसूचक ९.२२ अंकले घटेको छ । सो गिरावटपछि २७५७ मा कायम भएको छ ।
सोसंगै सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोडमा खुम्चिएको छ । बुधबार ५ अर्ब २० करोडको कारोबार भएको थियो ।
५३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशत बढ्यो । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रह्यो ।
हालै सूचीकृत भएर कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता ३५३.४० रुपैयाँ कायम भएको छ ।
सामुदायिक लघुवित्तको ५.३७, रसुवागढी हाइड्रोपावरको २.८६, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६, पियोर इनर्जीको २.६० प्रतिशत मूल्य बढ्यो ।
जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.६५ प्रतिशत घट्यो । सयपत्री हाइड्रोपावरको ४.५३, पन्चकन्या माइ हाइड्रोपावरको ३.०८, अपर लोहोरेखोलाको ३.०४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी छन् ।