काठमाडौं । नेप्से परिसूचक आज ६.५१ अंकले बढेको छ ।
नेप्से परिसूचक ०.२३ प्रतिशतले बढेर २,७७६.९० विन्दुमा बन्द भएको छ ।
आज पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँको सेयर खदिरबिक्री भएको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १४२ कम्पनीको सेयरमूल्य बढ्दा १०७ कम्पनीको सेयरमूल्य घटेको छ ।
सान्भी इनर्जीको सेयरमूल्य ६.९८ प्रतशितले बढेको छ । पियोर इनर्जी लिमिटेको सेयरमूल्य ६.०९ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ ।
यसदिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ ।