Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा नाडा अटो शोको उद्घाटन, सबैको ध्यान एमएडब्लूको ब्राण्ड डिपलको उड्ने ट्याक्सीमा

प्रधानमन्त्रीद्वारा नाडा अटो शोको उद्घाटन, सबैको ध्यान एमएडब्लूको ब्राण्ड डिपलको उड्ने ट्याक्सीमा

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७औँ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अटो शो सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए।

यसपटकको शोमा अवलोकनकर्ताले डिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए।

भौतिक मन्त्रालयले सवारी आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको बताउँदै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा गरे।

त्यस्तै नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए।

 शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्।

नाडा अटो शोमा मोरङ अटो वर्क्स (एमएडब्लू) ले मात्रै ६ वटा ब्रान्डका लागि ७ वटा स्टल लिएको छ।

नाडामा चार पाङ्ग्रेको कूल १९ वटा स्टल रहेको ७ वटा एमएडब्लूका मात्रै छ । एमएडब्लू नाडा अटो शोको मूख्य प्रायोजक पनि हो।

गत वर्षको शोमा सबैभन्दा धेरै बुकिङ लिएको एमएडब्लू ग्रुपले यसपटक पनि सबैभन्दा धेरै बुकिङ लिने विश्वास लिएको कम्पनीका कार्यकारी निर्देशक विवेक सिकरियाले बताउँछन् ।

यो वर्ष एमएडब्लू ग्रुपसँग ब्रान्ड र प्रोडक्टका रेन्ज धेरै भएकाले पनि कार्यकारी निर्देशक सिकरियाले बताएजस्तै धेरै बुकिङ हुने सम्भावना देखिन्छ ।

कम्पनीले नामी, सेरेस, डिपल, फोटोन, अवतार, सोकोन जस्ता ब्रान्डका नयाँ मोडलका गाडी प्रदर्शनीमा राखेको छ । साथै यामाहाको पनि उपस्थिति रहने छ।

कम्पनीले हालै डिपल एस०५ सार्वजनिक गरेको छ जसले धेरैको ध्यान खिचेको छ। नाडा अटो शोलाई लक्षित गरेर तोकिएको मूल्य ४८ लाख ९९ हजार रुपैयाँले धेरै प्रतिस्पर्धीलाई चुनौती दिने देखिन्छ ।

अहिले कम्पनीसँग डिपल एस०७ नयाँ मोडल, एल०७ र ई०७ पनि छन् जसप्रति पोजेटिभ रेस्पोन्स पाइन्छ। सिकरियाका अनुसार नामी०६ अटो शोमा नै लन्च हुनेछ।

नाडा अटो शोमा यो पटक सबैको ध्यान भने राणा शासनमा जसरी बोकेर नेपालमा भित्र्याइएको डिपलको फ्लाइङ ट्याक्सीमा परेको छ । एमएडब्लूले भित्र्याएको उक्त कार नाडा अटो शोमा हेर्न पाइन्छ ।

राणा शासनमा जसरी बोकेर नेपालमा भित्र्याइएको डिपलको फ्लाइङ ट्याक्सी नाडा अटो शोको सबैभन्दा प्रिमियम सेगमेन्टमा हो । जसको नेपाल यात्रा भने ज्यादै सकसपूर्ण रह्यो ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भरियाले काँधमा बोकेर काठमाडौं भित्र्याइएको डिपलको फ्लाइङ ट्याक्सीलाई नेपालमा उडाउन भने अनुमति छैन । त्यसैले पहिरोका कारण बन्द भएको बाटोमा बोकेर ल्याइएको सिकरियाले बताए ।

सातवटा स्टल बुक गरेको एमएडब्लू उड्ने गाडी जसरी पनि ल्याउन दबाबमा थियो ।यता नाडा अटो शोको मिति नजिकिँदै थियो।

तर एमएडब्लूसँग दुईवटा विकल्प मात्रै थिए–एउटा बोकेर ल्याउने, अर्को बोर्डरबाट फेरि सडक हुँदै कुनै विमानस्थल पुर्‍याएर विमानमार्फत ल्याउने।

सबैभन्दा उपयुक्त विकल्प दोस्रो बनेकाले नै हो काठमाडौंमा मानिसले बोकेर ल्याएको गाडीको स्मरण गराउने परिस्थिति बनेको सिकरिया बताउँछन् ।

उनले भने–‘डिपलको फ्लाइङ ट्याक्सी सञ्चालनका लागि नेपालमा अनुमति छैन। त्यसैले उडाएर पहिरो कटाउन पनि मिलेन।’

बोकेर नेपाल भित्र्याइएको डिपलको फ्लाइङ ट्याक्सीको मूल्य ७ देखि ८ करोड रुपैयाँ पर्ने सिकरिया बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077