Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हितेन्द्रदेव आएको चार महिनामा प्राधिकरणको नाफा साढे ५ अर्ब बढिले घट्यो

हितेन्द्रदेव आएको चार महिनामा प्राधिकरणको नाफा साढे ५ अर्ब बढिले घट्यो

आइतवार , भाद्र १, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य आएको चार महिनामै प्राधिकरणको नाफा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँले घटेको हो ।

प्राधानमन्त्री केपी शर्मा ओली र पटक–पटक विवादमा पर्दै आएका ऊर्जामन्त्री दीपकको जोडबलमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका शाक्यले नाफा बढाउन नसकेका हुन् । लोडसेडिङ नभनिएको तर, दैनिकजसो बत्ति गइरहने समस्याले आम सर्वसाधरण अहिले दिक्क भइसकेका छन् ।

केही समय अघि चितवन प्राधिकरणले त बत्ति जाने सेडिअुल नै सार्वजनिक गरेपछि शाक्य पनि विवादमा तानिएका थिए । पछि उनी आफै चिनवन पुगेर त्यसलाई करेक्सन गराएका थिए । शाक्य प्राधिकरणमा आएको चार महिनाको अवधिमा नाफा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको हो ।

प्राधिकरणले आज प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार नाफा घट्नुको मुख्य कारण विदेशी मुद्रा विनिमय दरमा भएको वृद्धिलाई देखाइएको छ ।

प्राधिकरणले लिएको विदेशी ऋण भुक्तानी गर्नुपर्दा अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमय दरमा भएको वृद्धि र ट्रंक तथा डेडिकेटेड बक्यौता नउठाएर त्यसका लागि राखिएको प्रावधानका कारण नाफा घटेको प्राधिकरणको भनाई छ ।

तर ग्लोबल इकोनोमीका अनुसार अघिल्लो वर्ष र गत वर्षको तुलनामा अमेरिकी डलरको विनिमय दरमा २.९९ प्रतिशत मात्र वृद्धि भएको छ ।
अघिल्लो वर्ष प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा (करअघि) कमाएको थियो । गत वर्ष भने यस्तो नाफा ९ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।

दुई वर्षअघि प्राधिकरणको नाफा १ अर्ब २३ करोड रुपैयाँले वृद्धि भएको थियो । यो वृद्धि १०.१९ प्रतिशत थियो भने हितेन्द्रदेवको चार महिने कार्यकालमा यस्तो नाफा ३७.३२ प्रतिशतले घटेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा छ ।

यसबाहेक प्राधिकरणले नाफा घट्नुका कारणमा ‘ग्रामीण इकाइहरुको हस्तान्तरणका कारण प्रशासनिक खर्चमा भएको वृद्धि’ लाई पनि देखाएको छ ।

महालेखापरीक्षकका अनुसार प्राधिकरणले २२ अर्ब ८० करोड रुपैयाँ ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन बाँकी छ । यही बक्यौता उठाउन खोज्दा कुलमान घिसिङ हट्नु परेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शाक्यलाई ल्याउने चाहनामा परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको सहमतिमा उर्जामन्त्री खड्काले घिसिङलाई हटाउन मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । खड्काको सिफारिससँगै कहिले त्यस्तो सिफारिस आउला भनेर कुरेर बसेका प्रधानमन्त्री ओलीले गत चैत ११ गते घिसिङलाई गत हटाएर १२ गते नै शाक्यलाई नियुक्ति दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077