काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।
बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो ।जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।