काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेप्से बढेको छ ।
लगातार तीन दिन घटेको कारोबार आज बजार सामान्य २।६२ अकलें बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएको छ ।
बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।
बैंकिङ ०.५५, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२०, जीवन बीमा ०.०५, माइक्रोफाइनान्स ०.१२ र निर्जीवन बीमा ०.२२ प्रतिशत घटे । विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार ०.९७ प्रतिशत बढे ।
नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रोपावरको ५.५६, राधि विद्युतको ४.४३ तथा अपर स्याङ्गे हाइड्रोपावरको ४.२२ प्रतिशत मूल्य बढ्यो ।
नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशत घट्यो । सिटी होटलको ३.१६ तथा नेपाल एसबीआई बैंकको २.८० प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा पाँच कम्पनी रहेका छन् ।