Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शवबाट मासु र हड्डी चोरी प्रकरण : किन्ने दुईजना पक्राउ

शवबाट मासु र हड्डी चोरी प्रकरण : किन्ने दुईजना पक्राउ

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी र मासु खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।

यसअघि साउन २३ मा चितामा जल्दै गरेको शवबाट हड्डी निकालेर बेच्ने काममा संलग्न गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा, ढकाल र मैनालीले ती हड्डी ५ सय रुपैयाँमा अर्का एक व्यक्तिलाई बेचेको खुलेको छ।

प्रहरीले रामनन्दन ठाकुरको बसोबासस्थलबाट प्लास्टिकमा पोको पारेको हड्डीको धुलो र खरानी बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त गौशालामा जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077