Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२७८५ अंकमा झर्‍यो नेप्से, दैनिक घट्दै कारोबार रकम

२७८५ अंकमा झर्‍यो नेप्से, दैनिक घट्दै कारोबार रकम

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । नेप्से परिसूचक तीन दिनदेखि लगातार घटेको छ ।

आज  सेयर बजार १०.५० अंकले घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक ०.३७ प्रतिशतले घटेर २७८५ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । ६ अर्ब १६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

८९ कम्पनीको सेयरमूल्य बढेको छ । १५९ कम्पनीको सेयरमूल्य घटेको छ । युनिलिभर नेपालको सेयरमूल्य स्थिर छ । यो कम्पनीको सेयरमूल्य प्रतिकत्ता ४७ हजार रुपैयाँ कायम छ ।

माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७४ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ४६१ रुपैयाँ १३ पैसा कायम भएको छ ।

बलेफी हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स ०.०४, म्युचुअल फन्ड ०.१७ र ‘अन्य’ समूहको परिसूचक ०.०३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077