Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेप्से परिसूचक २६.२२ अंकले घट्यो

नेप्से परिसूचक २६.२२ अंकले घट्यो

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । आज नेप्से परिसूचकको अंक २८ सयभन्दा तल झरेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको हो । गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब २१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९१ करोडमा सीमित भयो ।

२४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

होटल तथा पर्यटन बाहेक सबै समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह १.३२ प्रतिशत बढ्यो । बैंकिङ ०.९४, विकास बैंक ०.७६, फाइनान्स १.५३, हाइड्रोपावर १.२६, लगानी ०.६६, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन १.००, माइक्रोफाइनान्स १.४९, निर्जीवन बीमा ०.८१, अन्य ०.६२ र व्यापार ०.८६ प्रतिशत घटे ।

सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजन भएपछि १० प्रतिशत बढेको हो । कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।

त्यस्तै समाज लघुवित्तको ४.३४ तथा कालिका पावरको २.३७ प्रतिशत मूल्य बढ्यो । सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत नै घट्यो । उन्नति सहकार्य लघुवित्तको ८, लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर क्रमशः अगाडि छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077