काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ ।
आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो ।
आइतबारको कारोबारमा दुई सय ३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा आइतबार नेप्सेको पुँजीकरण पनि २.१८ प्रतिशतले घट्यो ।
आइतबार नेप्सेको सबै उपसमूह राताम्य बनेको छ जसमध्ये दुई सय ९७ दशमलव अर्थात् सबैभन्दा धेरै अंकले जीवन बिमा समूहमा गिरावट आएको छ ।
आइतबार नेप्सेमा भएको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सान्भी इनर्जीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।
अन्य समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत घट्यो । बैंकिङ २.२७, विकास बैंक १.६६, फाइनान्स १.६६, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.३०, लगानी २.१९, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.४४, माइक्रोफाइनान्स ३.०५, निर्जीवन बीमा १.७३ तथा व्यापार १.४३ प्रतिशत घटे ।
दुई कम्पनी ट्रेड टावर र शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत ट्रेड टावरको मूल्य ११४८ रुपैयाँ पुगेको छ । थ्रीस्टार हाइड्रोपावरको ४.५५, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ तथा लुम्बिनी विकास बैंकको २.५० प्रतिशत मूल्य बढ्यो ।
अर्को कम्पनी सान्भी इनर्जीको मूल्य आज सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कम्पनीको मूल्य प्रतिकित्ता ८०२.४० मा झरेको छ । त्यस्तै समता घरेलु लघुवित्तको ९.९६, ग्रिन भेन्चर्सको ५.७७, सिक्लेस हाइड्रोपावरको ५.५८ तथा उन्नति सहकार्य लघुवित्तको ५.५२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।