Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनआईसीका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा तथा कोरियन प्रोडक्टहरुमा विशेष छुट

एनआईसीका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा तथा कोरियन प्रोडक्टहरुमा विशेष छुट

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइन (Let Mein) मा विभिन्न सेवाहरुमा विशेष छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र कोरियन स्किन हस्पिटलबीच विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापछि बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘ग्राहक महानुभावहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।’–विज्ञप्तिमा भनिएको छ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

लेट मेइनसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077