रुपन्देही । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना बाल कैदी मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार शनिबार ती बालक मृत भेटिएका हुन् ।
२१ वर्षीय उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।