सिन्धुपाल्चोक । शनिबार बेलुकीको अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।
माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक थुनिएको हो ।
चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ भए पनि ठूला सवारी र कन्टेनर बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय प्रभावित भएका छन् ।