काठमाडौं । पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको निधन भएको छ ।
शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ ।
उनका कान्छा छोरा विदेशबाट फर्किएपछि अन्त्येष्टि हुनेछ ।
२०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि ०६० मा ललितपुरको नगरप्रमुख भएका थिए।