काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र ०८२-८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा शनिबार सकिएको छ ।
महानगरपालिकाका अनुसार परीक्षामा १४ हजार एक सय ७३ जना सहभागी भएका हुन् । आइतबारसम्म नजिता प्रकाशनको तयारी भइरहेको ले जनाएको छ।
शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन भएको थियो ।
महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका थिए ।
तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका हुन् ।