Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कर्णालीमा भोलि सार्वजनिक बिदा

कर्णालीमा भोलि सार्वजनिक बिदा

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । कर्णाली प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

साउने सङ्क्रान्ति एवं देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

२०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिने आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

'मिति २०८२ साउन १ गते बिहीबार साउने सङ्क्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ(संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८१र१२र१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077