Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिनुपर्छ, घटना फासफुस बनाउनु हुन्न : सूर्य थापा

अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिनुपर्छ, घटना फासफुस बनाउनु हुन्न : सूर्य थापा

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले अडियो प्रकरणमा संलग्नको अविलम्ब छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले अडियो प्रकरण सार्वजनिक भएपछि हिजो राजीनामा दिएसँगै थापाले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राजीनामा मात्र पर्याप्त नभएको बताएका हुन् ।

“राजीनामा दिनु जनदबाबको स्वीकृति हो, तर मात्र त्यही भएर सिङ्गो घटना फासफुस बनाउनु हुँदैन,” थापाले लेखेका छन्, “यो सुशासनको प्रत्याभूतिका लागि गम्भीर छानबिन आवश्यक छ।”

अडियोमा गुप्तासँगै एक पूर्व मन्त्री, एक बिचौलिया र एक वर्तमान मन्त्रीको नामसमेत जोडिएको सन्दर्भमा थापाले राज्यका अनुसन्धान निकायले अविलम्ब काम थाल्नुपर्नेमा जोड दिएका छन्।

उनले अगाडि लेखेका छन्, “अडियोको आवाजमा को–को संलग्न छन् ? ती आवाज सक्कली हुन् कि नक्कली ? अनुसन्धानले छानबिन गरि स्पष्ट पार्नुपर्छ,” उनले भने, “जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिई छानबिन गरी दूधको दूध, पानीको पानी छुट्याइनुपर्छ। दोषीले उन्मुक्ति पाउनु हुँदैन।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077