Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

चार सहसचिवको सरुवा : रिजाललाई तानेर गृहका प्रवक्ता रहेका तिवारीलाई बनाइयो अध्यागमनको महानिर्देशक

चार सहसचिवको सरुवा : रिजाललाई तानेर गृहका प्रवक्ता रहेका तिवारीलाई बनाइयो अध्यागमनको महानिर्देशक

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ।

गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ भने विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा सरुवा गरिएको छ।

स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृह मन्त्रालयमा तानिएको छ।

कोइरालामाथि विमानस्थलबाट हुने मानव तस्करी रोक्न नसकेको आरोप लाग्दै आएको छ।

खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ भने कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077